Fri. Apr 19th, 2024

सुब्रतराज आचार्यको निर्देशनमा फिल्म ‘के घर के डेरा’ निर्माण गर्ने घोषणा गरिएको छ । सोमवार एक कार्यक्रम मार्फत फिल्म निर्माणको घोषणा गरिएको हो । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा दयाहाङ राई, विपिन कार्की र वर्षा राउतले मुख्य भूमिकामा अभिनय गर्नेछन् । डेरामा बस्नेहरुको समस्या, आफ्नै घर बनाउने चाहना र त्यहि क्रममा आउने बिबिध समस्याहरुको कथा फिल्ममा देख्न सकिने बताइएको छ ।

सिंगे लामा कार्यकारी निर्माता रहेको फिल्मलाइ राजिव श्रेष्ठ र किरण महर्जनले निर्माण गर्न लागेका हुन् । फिल्मको पटकथा सफल के.सी. र प्रतीक गुरुङले लेखेका हुन् । सुब्रतराज आचार्यले यसअघि ‘अधकट्टी ’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए । ३५ वर्ष अघि ‘के घर के डेरा’ नामकै फिल्म बनेको थियो जसलाई प्रदीप रिमालले निर्देशन गरेका थिए ।

merofilm.com

Leave a Reply

%d bloggers like this: