Fri. Apr 19th, 2024

फिल्म ‘लभ डायरीज’मा समावेश तेस्रो गीत सार्वजनिक भएको छ । ‘अधुरो लाग्छ मेरो जीवन ’ बोलको गीतमा प्रताप दास र प्रबिसा अधिकारीको स्वर रहेको छ । प्रबिन पौड्येलको संगीत रहेको गीतमा शब्द मनस विक्रम थापाको रहेको छ । गीतलाई बिशेस देव पाण्डेले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् । भिडियोमा अभिनेता सुशील श्रेष्ठ, विश्वजित रिमाल र रुबिना थापा फिचर्ड छन् । प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर सौरभ चौधरी हुन् ।

सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेमकथामा आधारित फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमालले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा मधु बास्तोलाको कथा/पटकथा, संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्ध खड्काको सम्पादन रहेको छ । फिल्ममा साहिल खानले सह-निर्देशकको भूमिकामा काम गरेका छन् । विनोद सापकोटा निर्माता रहेको फिल्म फाल्गुन २ गते भ्यालेंन्टाईन्स डे को दिन रिलिज हुनेछ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: