Thu. Apr 25th, 2024

अाजबाट फिल्म ‘दि कर्मा’ नेपाली हलहरूमा सार्वजनिक भएको छ।

हिजो अर्थात् बिहीबारबाट बुकिङ खुल्ला भएको यो फिल्म अाजबाट नेपालका हलहरूमा रिलिज भएको हो ।

बदलाको कथामा आधारित सिनेमामा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामांग सहितको अभिनय रहेको छ ।

देव कुमार श्रेष्ठ निर्देशित सिनेमा जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो।

‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो। रामेश्वर कार्कीले छायांकन रहेको सिनेमामा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ।

Leave a Reply

%d bloggers like this: