Thu. Apr 25th, 2024

फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक भएको छ । राजनीतिको नाममा भुमि माथि कब्जा गर्ने ‘भूमाफिया’ को कथामा फिल्म तयार भएको अनुमान गर्न सकिन्छ । साथै श्रीमान श्रीमतीको नोकझोक भिन्न पार्टीमा रहदा ठुलै रुप लिएको दृश्य समेत ट्रेलरमा छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, सन्दिप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । सिताराम ‘सेन्टी भाइरस’ को निर्माण रंगशाला निर्माणको एक अंश रहेको बताउँछन् । सिताराम भएर रंगशाला र धुर्मुस भएर फिल्म बनाएको उनको भनाई छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको फिल्म आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: