Fri. Mar 29th, 2024

काठमाडौं । माघ २४ गते रिलिज हुने नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’को ट्रेलर रिलिज भएको छ । काठमाडौंमा आज एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो ।

नेपाली सिरयलहरूमा देखिने कमेडियन सेलिब्रेटीको कथा ‘सेल्फी किङ’ चलचित्रको मुख्य विषयवस्तु हो । नेपालको कुनै ठाउँको सांस्कृतिक कार्यक्रममा जाँदाको कुरा नै चलचित्रको मुख्य कथा रहेको छ ।

पर्दामा हँसाइराखे पनि कमेडियनको जीवन केही न केही समस्याले घेरिएको हुन्छ भन्ने तथ्यलाई चलचित्रमा देखाउन खोजएको छ । नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’, ‘प्रसाद’ लगायत चलचित्र निर्देशन गरेका दिनेश राउत निर्माता रहेको चलचित्र ‘सेल्फी किङ’ लाई विशाल सापकोटाले निर्देशन गरेका छन् ।

चलचित्रमा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् । चलचित्रको कथा निर्देशक स्वयमले नै तयार पारेका छन् । यो चलचित्रबाट विशालले निर्देशनमा डेब्यु गरेका छन् ।

lokpath.com

Leave a Reply

%d bloggers like this: