Fri. Apr 19th, 2024

लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको फिल्म ‘बल्छी धुव्रे’ को शुभ मूर्हुत गरिएको छ । महालक्ष्मी मन्दिरमा शुभ मूर्हुत गरिदैँ फिल्म छायांकन सुरु गरिएको छ । फिल्मको छायाँकन काठमान्डौँ लगायत नेपालका विभिन्न भागहरुमा गरिने जानकारी दिइएको थियो ।

फिल्ममा आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुन मगर, राम शरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापती, लाल प्रसाद सापकोटा र दिपक भण्डारी लगायतको अभिनय रहेको छ । फिल्ममा बाल कलाकारको रुपमा युना खड्का र समिर प्रजापतिको अभिनय रहने छ । केदार मल्लको लेखन तथा निर्देशन, शंकर अधिकारी घायलको गीत, पटकथा तथा सम्वाद र केदार मल्लको संगीत एवम राजेश कुमार श्रेष्ठ, संजय हमालको एरेन्जमा रहेको गीत फिल्ममा समावेश गरिने भएको छ । फिल्मलाई दिलिप कहरको छायाँकन, विवेक थापा र राजन मर्हजनको नृत्य रहने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: