Sat. Apr 20th, 2024

फिल्म ‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक गरिएको छ । आफुलाई बादशाह सोच्ने दुई युवकको कथा पोस्टरले वर्णन गर्छ । टौवा क्रियसनले तयार गरेको पोस्टरले कमेडीको झल्को दिन्छ । पोस्टरमा शुसिल श्रेष्ठ र अमिर गौतम फिचर्ड छन् । जसमा उनीहरूलाइ राजाको स्वर्ण मुकुटमा देख्न सकिन्छ ।  निर्देशक जोनी सिंह राणाले निर्देशन गरेको सिनेमा एक्सन, कमेडी छ ।
१५ कार्तिकदेखि अलनेपाल रिलिज हुने फिल्ममा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि कलाकारमा समेटिएको छ । अभिषेक शशि कुमारले लेखेको पटकथामा राजु कार्कीले छायाँकन, राजकुमार उप्रेतीले एक्सन, दिर्घ खड्काले सम्पादन र कृष्ण भारद्वाजका साथै कोसिस क्षेत्री, मोहित मुनालले संगीतमा काम गरेका छन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेको फिल्म एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो ।
 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: