Fri. Apr 19th, 2024

फिल्म ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यसभन्दा एकसाताअघि अर्थात १५ कार्तिकमा इन्डियामा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । प्रदर्शन मिति नजिकीदै जादा ‘लभ यु हमेशा’ ले दर्शकमुखी कार्यक्रम सुरु गरेको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स फिल्म घरमा पुगी दर्शकलाई बिभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकीत कप,पेन तथा डायरी प्रदान गरिरहेका छन् । दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिलस्थित गोपीकृष्ण हलबाट सुरु गरिएको हो । फिल्मका प्रमुख अभिनेता यशराज गरच,अभिनेत्री फिजा योन्जन,ऋचा थापा तथा हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ ले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन् ।
निर्देशक प्रधानकै लेखन रहेको फिल्म यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ । फिल्म प्रदर्शनभन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शोमार्फत उपहार बिजेता सार्वजनीक गरिने निर्माण पक्षले जनाएको छ । धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।
 
https://www.youtube.com/watch?v=EemuREm31D4

merofilm.com

Leave a Reply

%d bloggers like this: