“पासवर्ड”को बजारमा सन्निको नाच र परीको अभिनयको प्रशंसा

मनोरंजनसंसार डटकम | २९ भाद्र २०७६, आईतवार २१:२०

बलिउड हट नायिका सन्नि लियोनको अभिनय रहेको नेपाली फिल्म “पासवर्ड”ले राम्रो सुरूवात गसँगै यसमा रहेका कलाकारहरूको पनि प्रशंसा हुन थालेको छ । बिहीबार सन्नि लियोनको माझ  प्रिमियर भएसँगै शुक्रबारबाट प्रदर्शन सुरू भएको फिल्मको “अाजको साम” बोलको गीतमा सन्निको नाचको समेत प्रशंसा चुलिएको छ ।

त्यसै गरी यसै फिल्मकी नायिका परी रानाको अभिनयको पनि प्रशंसा सुरू भएको छ  । उनको समग्र फिल्ममा रहेको अभिनय उत्कृष्ट भन्दै दर्शकहरूले रूचाएका छन् ।

सन्निको नाँच रहेको गीतले यूट्युबमा ४० लाखभन्दा बढीको नजर तानिसकेको छ । फिल्ममा उनको अभिनय पनि रहेको  छ ।

 

Facebook Comments
Copyright © 2017 manoranjansansar Media Group Pvt. Ltd. Powered by: thakuricreation