Wed. Apr 24th, 2024

फिल्म पोई पर्यो काले’ फस्टलुक पोष्टर सार्वजनिक भएको छ । फिल्मको फस्टलुकमा सौगात मल्ल, आकाश श्रेष्ठ पूजा शर्मा श्रृष्टी श्रेष्ठ र सोहित मानन्धर छन् । फिल्मको फस्टलुक हेर्दा यो पारिवारिक फिल्म हो भन्ने लाग्छ । कमेडी कथामा फिल्म निर्माण गरिएको छ ।

शिशिर राणाको लेखन तथा निर्देशन फिल्ममा रहेको छ । फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ । शिव ढकालको छायांकन रहने फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी छ । फिल्ममा तारा प्रकाश ‘किम्भे’को सम्पादन रहेको छ । दिपक मनाङ्गे र देवी राइको लगानी रहेको फिल्ममा किरण नेपाली कार्यकारी निर्माताको रुपमा छन् । फिल्म कात्तिक ८ गतेबाट प्रदार्शनमा आउने छ ।

 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: