Thu. Apr 25th, 2024

दशैंबाट प्रदर्शनमा आउने फिल्म रातो टिका निधारमा को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ । रवी मल्लको शब्द रहेको गीतमा दीक्षित पौडेलले संगीत संयोजन गरेका छन् भने कोरियोग्राफी बसन्त श्रेष्ठको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी आर एल शाह र अंकित शर्माको रोमान्स देख्न सकिन्छ।
अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा डेब्यु नायक अंकित उनकै छोरा हुन् । फिल्म किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्म मित्र देव गुरुङले सम्पादन गरेका हुन् । फिल्ममा साम्राज्ञी र अंकित संगै नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ लगायतको अभिनय छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: