Sat. Apr 20th, 2024

वेव सिरिज ‘डियर लभ’को ‘बोलन केही बोल’ गीत सार्वजनिक भएको छ । पहिलोपटक फिल्मी शैलीमा निर्माण गरिएको ‘डियर लभ’को यस गीतमा कमल खत्री र निखिता थापाको स्वर रहेको छ । गीतमा गायक कमल खत्रीकै संगीत रहेको छ भने भिडियोमा मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ ।
रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतीमा गायक रुकमान लिम्बुको निर्माण रहेको ‘डियर लभ’ विशुद्ध प्रेमकथामा आधारित वेभ सिरिज हो । ‘डियर लभ’मा पछिल्लो समय युवापुस्तामा देखिएको प्रेमप्रतिको आशक्तिलाई समेटिएको निर्माणपक्षको भनाइ छ । रुकमान लिम्बूको निर्माण र विवेक रसाइँलीको कथा एवं निर्देशन रहेको ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरालगायतका कलाकारको अभिनय रहेको छ । स्क्रिन–प्ले तथा सम्वाद रविन बोगटीको रहेको ‘डियर लभ’मा रुपेश थापाको छायाँकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: