Thu. Apr 18th, 2024

अक्षय कुमार विश्वका १०० सबैभन्दा धेरै कमाइ गर्ने सेलेब्रिटिको लिष्टमा पर्ने भारतको एक मात्र कलाकार हुन् ।
फोर्ब्स म्यागाजिनको २०१९को विश्वका धेरै पैसा तिरिने हाइएस्ट पेड सेलेब्रिटीजको लिष्टमा अक्षय ३३औं स्थानमा परेका छन् । उनको कमाई २०१८ देखि २०१९ बीचको एक वर्षमा ६५ करोड डलर रहेकाे छ ।यो सँगै अक्षयले रिहाना, ज्याकी चेन, ब्रैडले कूपर र स्कारलेट जोनसन जस्ता अन्तर्राष्ट्रिय कलाकारलाई समेत पछि पार्न सफल भएका छन् ।
कमाईबारे अक्षयले भने – ‘मैले याे पैसा निकै मेहनतले कमाएको हुँ त्यसैले आनन्द लाग्छ । पैसा सजिलै आउँदैन मैले आफ्नो रगत पसीना बगाएको छु त्यसैले यो मेरो लागि महत्वपूर्ण छ तर सबैथाेक हाेइन एकहदसम्म ।’
अक्षयकुमार पछिल्लो समय फिल्म ‘मिशन मंगल’मा ब्यस्त छन् । जुन १५ अगष्टमा रिलिज हुँदैछ , फिल्म २०१३मा मंगल ग्रहमा पठाइएको मिशन यानमा आधारित छ । फिल्ममा अक्षय कुमारको साथमा विद्या बालन, सोनाक्षी सिन्हा, तापसी पन्नु,नित्या मेननआदीको मूख्य भूमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: