Fri. Mar 29th, 2024

फिल्म बैना बट्टाको पहिलो गीत ‘तिमिसँग सार्बजनिक भएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति उक्त फिल्मको गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड छन् । नेपालको पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगायत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो फिल्मको बिषयबस्तु रहेको छ ।
मुख्य निर्माता प्रेम लावती रहेका यस चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् । फिल्ममा नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गरेका छन् भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगायतको अभिनय रहेको छ । फिल्ममा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहको छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बुहरुको आवाज रहेको छ । अशोज पहिलो हप्ताबाट नेपाल लगायत विभिन्न देशहरुमा प्रदर्शन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताएका छन् ।

 

merofilm.com

Leave a Reply

%d bloggers like this: