Fri. Mar 29th, 2024

यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको टीजरलाई दर्शकले अत्याधिक रुचाएपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा लोक लयको ‘दुबो फूल्यो’ बोलको गीत सोमबार सार्वजनिक गरेको हो । यो गीतले बजार तताउने छनक देखाएको छ ।
एसडी योगीको संगीत रहेको गीतको शब्द हर्क साउदले लेखेका हुन् । गीतमा गायक हेमन्त राना र रितिका श्रेष्ठले आवाज भरेका छन् । गीतको निर्देशन रेनशा वान्तवा राईले गरेकी हुन् भने कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन् ।

 

filmykhabar.com

Leave a Reply

%d bloggers like this: