Fri. Apr 19th, 2024

फिल्म ‘काँचुली’ को दोश्रो गीत ‘मुस्कुराएर अलि अलि’ सार्वजनिक भएको छ । गीतमा नित्याशिवा र शम्भु रैकाको स्वर शंकर अधिकारी घायलको शब्द संगीत र बिनोद गुरुङको संगीत संयोजन रहेको छ । फिल्मका मुख्य कलाकार रबिन श्री र सहमि थापा फिचाद गीतको कोरियोग्राफी राजन महर्जनले गरेका हुन् ।
बिजी बर्मा फिल्म्सको ब्यानरमा निमार्ण भएको फिल्ममा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे, कृति छेत्री, राजन श्रेष्ठ, अस्मि थापा, मिलन तमाङ, रमेस घतानी लगायत कलाकारहरुको अभिनय रहेको छ । कला राईको प्रस्तुति रहेको फिल्ममा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा देव महर्जनको द्वन्द , राजन महर्जनको नृत्य र सुशील डाँगीको छायाँकन रहको छ । फिल्म काँचुलीमा बाबुल गिरी , राजेन्द्र बजँगाईँ , शंकर अधिकारी घायलको संगीत रहेको छ भने गायिका नित्याशिवा , गायक शम्भु रैका र गायक प्रह्लाद तिमिल्सिनाको स्वर रहेको छ । फिल्म साउन २४ गते बाट प्रदर्शनमा आउने छ ।

 
 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: