Thu. Mar 28th, 2024

फिल्म ‘मिसन मंगल’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५२ सेकेन्डको ट्रेलरमा फिल्मका मुख्य कलाकार अक्षय कुमार, सोनाक्षी सिन्न, विद्या बालन, तपसी पन्नु लगायतलाई समेटिएको छ । फिल्ममा अक्षय, विद्या, सोनाक्षी, तापसीका अलावा नित्या मेनन, कीर्ति कुल्हाडी र शरमन जोशीको मुख्य भूमिका रहेको छ । फिल्ममा अक्षयले इन्डियन रिसर्च अर्गनाइजेशनका एक सिनियर वैज्ञानिकको भूमिका निभाएका छन्, जसले मंगल मिसनमा रहेर अर्बिटका लागि काम गरेका थिए । फिल्म सन् २०१३ मा मंगल ग्रहमा लञ्च गरिएको मंगलयानमा आधारित छ । फिल्म अगस्त १५ भारतीय स्वतन्त्रता दिवसको दिन बाट प्रदर्शनमा आउने छ ।

Leave a Reply

%d bloggers like this: