Wed. Apr 24th, 2024

सौगात मल्ल स्टारर सिनेमा ‘माछा माछा’को पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ। कार्तिक २९ गते  देशभर प्रदर्शनमा अाउने चलचित्रले  ३ शहरिया गाउँले युवाको शहरमा जीवन स्थापित गर्न उनीहरूले गर्ने संघर्षको कथा भन्ने बताइएको छ ।
सिनेमामा सौगातसँगै विजय बराल र अनोज पाण्डे पनि प्रमूख भूमिकामा रहेका छन् । सिनेमालाई सुनिल गुरुङले लेखन तथा निर्देशन गरेका हुन्।

सिनेमामा सौगात र विजय बरालका अलावा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।
सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ ।

सिनेमाको सह-निर्माता ओमचंद्र रौनियार र अर्जुन कार्की रहेका छन् । सिनेमामा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, आनन्द महर्जनको पोस्टर डिजाइन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।

Leave a Reply

%d bloggers like this: