Thu. Apr 25th, 2024

सुपरहिट जोडी प्रदिप र जसिताको फिल्म “लभ स्टेशन”ले प्रदर्शनको ५१ दिन मनाएको छ । गत चैत्र २२ गतेबाट नेपालभर प्रदर्शनमा अाएको फिल्मले असार पार गर्दै ५१ दिनको सुखद यात्रा पार गरेको हो ।
पारिवारिक वातावरणलाइ मध्यनजर गर्दै निर्माण गरिएको यस फिल्मले सुरूवात नै सुखद गरेको थियो । प्रदिप र जसिताको पहिलो फिल्म “लिलि बिलि” जस्तै यो फिल्मलाइ पनि दर्शकहरूले अत्यधिक रूचाएका छन् ।
नेपालमा ५१ दिन मनाएको यो फिल्मले हङकङ सहित जापानको टोकियो समेत प्रदर्शन गरिसकेको छ । नेपालमा राम्रो छाप राखेको फिल्मले विदेश प्रदर्नमा पनि उस्तै लय कायम राखेको छ ।
यो फिल्म हङकङ सहित जापानका टोकियो, फुकुअो र नागोयोमा समेत प्रदर्शन भएको थियो ।

Leave a Reply

%d bloggers like this: