Tue. Apr 23rd, 2024

रुप पोखरेल र आरोही सिंह स्टारर फिल्म गीत गजलको पहिलो गीत सार्वजनिक भएको छ । भारतको गोवा र नेपालमा छायाँकन गरिएको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीतमा मुख्य कलाकार रुप र आरोहीलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ । आगामी असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको पहिलो गीतको भिडियोमा निर्देशक नितिन चन्दको कोरियोग्राफी रहेको छ । सार्वजनिक गीतलाई सुरेश काफ्लेले छायाँकन गरेका हुन् ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको एक गीतको छायाँकन भारतको गोवामा गरिएको छ । फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो फिल्मबाट रुप पोखरेल र आरोही सिंहले नेपाली फिल्म क्षेत्रमा डेव्यु गर्दैछन् ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: