Thu. Mar 28th, 2024

फिल्म ‘रातो गलबन्दी’ को शीर्ष गीत सार्वजनिक भएको छ । फस्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । लोकराज अधिकारीले लेखेको गीतमा संगीत बिनोद खुम्बुको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र कोसिस क्षेत्री फिचर्ड छन् । गीतमा गोविन्द राईको कोरियोग्राफी रहेको छ ।
साउन १७ गतेबाट प्रदर्शनमा आउने फिल्म अनिश थापाले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । बुद्धि तामाङको पनि अभिनय रहेको फिल्मको कथा किरण माइकलले लेखेका हुन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हिमाल कडरियाको कथा छ । फिल्ममा बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह-निर्माता तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । सुमन तामाङले फिल्मको छायांकन गरेका हुन् ।

 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: