Thu. Apr 25th, 2024

रुप पोखरेल र आरोही सिंह स्टारर फिल्म गीत गजलको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । नीतिन चन्द निर्देशित दोस्रो फिल्म आगामी असोज २४ गतेबाट प्रदर्शनमा आउने छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको एक गीतको छायाँकन भारतको गोवामा गरिएको छ ।

फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो फिल्मबाट रुप पोखरेल र आरोही सिंहले नेपाली फिल्म क्षेत्रमा डेव्यु गर्दैछन् ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: