Wed. Apr 24th, 2024

फिल्म ‘गीत गजल’ को प्रदर्शन मिति तोकिएको छ । फिल्म देशभरको हलहरुमा अशोज २४ गते आउने भएको छ ।
फिल्म ‘गीत गजल’ को निर्देशन नितीन चन्दले गरेका हुन् । भने सुदीप कुँवरको मुख्य सहायक निर्देशन रहेको छ । आरोहण छेत्रीले निर्माण गरेका यो फिल्ममा अभिनेता रूप पोख्रेल र अभिनेत्री आरोही सिंह मुख्य भूमिकामा छन्। आरोहीले यो फिल्मबाट डेब्यू गरेकी हुन्।
‘गीत गजल’ मा अस्मित पोखरेलले कथा, पटकथा तथा संवाद र बाबु श्रेष्ठले छायांकन गरेका छन् । फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

Leave a Reply

%d bloggers like this: