Fri. Apr 19th, 2024

नेपालको चर्चित तथा लोकप्रिय रक ब्यान्ड ‘१९७४ एडी’ फेरि एक भएको छ । करिब एक दशकअघि में भोकलिस्ट फिरोज स्याङ्देन अमेरिका गएपछि यो ब्यान्ड सुस्ताएको थियो । सो लगत्तै अर्का गायक एड्रियन प्रधानसमेत ब्याण्ड बाट बिदा भए ।
बीचमा ब्यान्डले नयाँ सदस्यहरू मार्फत् आफूलाई अघि बढाउने कोशिस गरेको थियो । एल्बम पनि निस्कियो । तर क्रेज फर्किन सकेन । अहिले आएर पाँचै जना पुराना सदस्य फिरोज, एड्रियन, निराकार याक्थुम्बा, मनोज केसी र सञ्जय श्रेष्ठ ब्यान्डमा सँगै काम गर्न राजी भएका छन् । यसै वर्ष ‘१९७४ एडी’ स्थापनाको २५ वर्ष पनि पुग्दैछ ।

Leave a Reply

%d bloggers like this: