Thu. Mar 28th, 2024

२३ असार, काठमाडाैँ – आज सोमबारको अवसर पारेर  गायक मनिष रन्जन बराल शिव भजन लिएर भक्तजन माझ आएका छन् । उनले शिव महिमा कहको भजन (मैले मेरो शिव खोज्न) बोलको भजन रिलिज गरेका हुन्

उदयपुर जिल्ला साविकको लेखानी गा.वि.स.मा २०५४ सालमा जन्मिएका मनिषले आफू ९ वर्षको उमेरदेखि नवलपरासी स्थित मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यद्वारा संरक्षित त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम (श्रीमुक्तिनाथ पिठ वेद विद्याश्रम) मा आश्रित रही संस्कृत शिक्षा आर्जन गरेका हुन् । हाल काठमांडौमा बस्दै आएका बरालको स्वरमा एक प्रकारको छुट्टै माधुर्यता रहेको छ । जस्तोसुकै विधाका गीतहरु पनि गाउँन सक्ने क्षमता बोकेका उनले आफूले आर्जन गरेको शिक्षाको महत्व कायम राख्न भजनमा आकर्षित भएको बताए ।

उनको उक्त गीतमा स्वर, मनिष स्वयमको रहेको छ भने शब्द गीतकार सुन्दर पन्तको रहेको छ त्यस्तै संगीतकार गोविन्द मधुर आचायले संगीत र एरेन्ज गरेकाछन् भिडियोको सम्पादन प्रेमराज लामिछानेले गरेका छन् बिभिन्न भगवानका महिमा बटुलेर दर्जनौ भजन रेकर्ड गराईसकेका गायक बराल अरु भजनहरु पनि दर्शक श्रोता माझमा लिएर आउने तयारीमा रहेका छन्।

Leave a Reply

%d bloggers like this: