Thu. Mar 28th, 2024

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिजर सार्वजनिक भएको छ । एक मिनेट ३० सेकेन्डको टिजरमा दयाहांग राई, उपासना सिंह ठकुरी कमल मणि नेपाल लगायतलाई देखाइएको छ । फिल्ममा दयाहांग राई, उपासना सिंह ठकुरी र कर्मा मुख्य भूमिकामा रहेका छन् । साथै अन्य कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापाको अभिनय छ ।
बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतीमा तयार भएको फिल्ममा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य छ । फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म भदौ १३बाट प्रदर्शनमा आउने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: