Thu. Mar 28th, 2024

सामाजिक संजालमा सुन्दरता र आकर्षक हाउभाउले भाइरल बन्न सफल प्रिया प्रकाशले चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । फिल्म ‘श्रीदेवी बंगलो’बाट उनी बलिउडमा अवतरण गर्दैछिन् ।
गत साल सामाजिक संजालबाटै चिनिएकी प्रिया प्रकाश गुगलमा धेरै सर्च गरिएकी युवतीमा पर्न सफल रहेकी थिइन् । अत्यधिक चर्चामा आएपछि उनलाई बलिउडबाट पनि फिल्मका लागि अफर गरिएको थियो । त्यसैमध्ये ‘श्रीदेवी बंगलो’ एक हो,यो फिल्म शटिङ शुरु हुनु अगावै विवादमा आएको थियो ।विवादका बीच पनि शुटिङ गरिएको यस फिल्मको मेकिङ राम्रो रहेको निर्माण पक्षले जनाएको छ ।
फिल्म ‘श्रीदेवी बंगलो’को ट्रेलर निस्कने तयारीमा छ । आफु अभिनित ट्रेलरलाई लिएर प्रिया निकै उत्साहित रहेकी छिन् ।यो फिल्म क्राइम थ्रिलरमा आधारित रहेको छ ।प्रशान्त माम्बुलीले निर्देशन गर्ने यस फिल्ममा प्रियाका अलावा प्रियांशु चटर्जी, असीम अली र मुकेश ऋषि रहेका छन् ।
प्रियाको यो फिल्म चाँडैनै रिलिज हुँदैछ । पहिलो फिल्म रिलिज हुनु पूर्व नै प्रिया नयाँ फिल्म ‘लव ह्याकर’मा आबद्ध भइसकेकी छिन् । जुन फिल्म साइबर क्राइममा आधारित रहेको छ ।

Leave a Reply

%d bloggers like this: