Tue. Apr 23rd, 2024

काठमाडाैँ – गत वर्ष रिलिज भएका फिल्महरू मध्येमा सबैभन्दा धेरै चर्चा कमाउन सफल फिल्म “लभ स्टेशन”को “हङकङ शो” को तयारी तीव्र भएको छ । हङकङमा सुपर हिट जोडी प्रदिप र जसिताको फिल्म १६ जुन अर्थात् भोलि प्रदर्शन हुने फिल्मको तयारी तीव्र भएको हो । तयारी र दर्शकसँग फिल्मी फलहरू बाड्नका लागि सुपरहिट जोडी प्रदिप र जसिता सहित निर्माण पक्ष हिजै हङकङमा पुगेर अन्तिम तयारी गरिसकेको जनाइएको छ ।

हङकङमा यो फिल्म सागर अाले मगर र सूर्य राइको अायोजनामा प्रदर्शन हुनेछ । जसमा मिडिया पार्टनर ब्ल्याक पिक, एनपिअाइ एच के लगायत रहेका छन्  ।

हङकङमा “लभ स्टेशन” “योय मा तेइ कम्युनिटि हल”मा प्रदर्शन हुँदैछ । यो फिल्मको प्रदर्शन १६ जुन अर्थात भोलि अाइतबार साँझ ६:३० मा हुनेछ । मनोरञ्जन संसारलाइ अाएको पछिल्लो जानकारी अनुसार फिल्मका कलाकार तथा निर्माण पक्षले पनि अरू दर्शकसँगै बसेर  यो फिलम हेर्नेछन् ।

हङकङको प्रदर्शन सकेर फिल्म युनिट जापान प्रदर्शनका लागि त्यस तर्फ प्रस्थान गर्ने बताइएको छ ।

Leave a Reply

%d bloggers like this: