Thu. Mar 28th, 2024

प्रदर्शनको क्रममा फिल्म ‘प्रेम दिवस’ को गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । अन्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा डा.कृष्ण हरि बरालको शब्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की र बिशाल खरेल फिर्चड छन् ।
म्युजिकल लभ स्टोरी रहेक्पफिल्ममा प्रियंका कार्की, आयुष्मन देशराज जोशी, नव-नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको छ । प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ । फिल्म रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा तयार भएको हो । फिल्म जेठ ३१बाट प्रदर्शनमा आउने छ ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: