Wed. Apr 24th, 2024

नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ मा लिम्बु भाषाको फिल्म ‘के च्याब्रुङ’ उत्कृष्ट साबित भएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा आज भएको समापन समारोहमा गुरुङ फिल्म म्ले क्युका जसमाया गुरुङ यात उत्कृष्ट निर्देशक, गुरुङ फिल्म ’रिजेनासा’का बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार र मगरभाषाको खुर्पेटोबाट बिना थापा मगर उत्कृष्ट महिला कलाकार र राई भाषाको यारी फिल्मका युवराज बीरबहादुर राईलाई उत्कृष्ट छायाकारको पुरस्कार प्रदान गरियो । त्यसै गरी गुरुङ भाषाको रिजेनासा फिल्मले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ ।
महासंघका अध्यक्ष अमृत सुनुवारया सभापतित्वमा सम्पन्न आजको समारोहमा बेस्ट शर्ट फिल्म राजवंशी भाषाको पुल्टी र बेस्ट डकुमेन्ट्री सुनुवारभाषाको छेककगुले प्राप्त गरेको छ । महोत्सवमा पुरस्कार निर्णय गर्न आदिवासी जनजाति मातृभाषाका प्रथम फिल्म पत्रकार विजयरत्न असंबरे तुलाधर, नेपालको पहिलो महिला सिनेमाटोग्राफर शबनम मुखिया र आदिवासी कलाकर्मी राज थापा रहेका थिए ।

merofilm.com

Leave a Reply

%d bloggers like this: