Wed. Apr 24th, 2024

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ले दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको छ । शनिबार नेपाल आदिबासी जनजाती फिल्म फेस्टिबलको अवसरमा राष्ट्रिय सभागृहमा देखाइएको ‘मोङो डोङा–२’लाई ६ सय भन्दा बढी दर्शकहरुले हेरेका थिए । फिल्म हेरिसकेपछि सबैले ‘मोङो डोङा–२’ एउटा उत्कृष्ट माझी फिल्म भएको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय आधुनिकतासँगै लोप हुँदै गएको माझी समूदायको ईतिहास, संस्कृति र भाषालाई ‘मोङो डोङा–२’ले पर्दामा प्रस्तुत गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । साथै केही दर्शकहरुले फिल्म हेरेर मात्रै आफ्नो ईतिहास, कला, संस्कति, भाषा लगाएतको कुरा थाहा पाएको भन्दै खुसी ब्यक्त गरे ।
यसै विषयमा कुराकानी गर्दै अभिनेता यमन माझी भने, ‘दर्शकहरुको सकारात्मक प्रतिक्रियाले हामी धेरै खुसी छौं । सबै दर्शकहरुले फिल्म राम्रो भएको प्रतिक्रिया दिनुभएको छ ।’ अभिनेता माझी थपे, ‘यसै फिल्म हेरेर माझी भाषा समूदायको ईतिहास र भाषा लगाएत विभिन्न कुरा सिकेको दर्शकहरुले बताएका छन् ।’
‘मोङो डोङा–२’ले माझी समूदायको ईतिहास, भाषा, कला, संस्कृति लगाएतका विषय बस्तुलाई पर्दामा प्रस्तुत गरेको छ । फिल्मलाई कुश्कु माझीको कथामा सुञ्जित माझीले निर्देशन गरेका हुन् ।
फिल्ममा अभिनेता यमन माझी, रुपा कुमारी माझी, प्रकाश माझी, श्रीकृष्ण माझी, पञ्च माझी, फुलविक्रम माझी, रुपेश माझी, लोकबहादुर माझी, सीमसागर रोशन सुब्बा माझी लगायतको मूख्य भूमिका रहेको छ ।
‘मोङो डोङा–२’ हेरेर साथ दिने सम्पूर्ण दर्शकहरुप्रति निर्माण टिमले आभार प्रकट गरेको छ । फिल्म हेर्नका लागि माझी समूदायका सम्पूर्ण विशेष ब्यक्तित्वहरु उपस्थित भएका थिए ।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: