Fri. Mar 29th, 2024

गायक युगेश लिम्बुको शब्द, संगीत तथा स्वरमा गीत ‘गल्ति’ र ‘भुलाइ दियौ… सार्वजनिक भएको छ । गायक लिम्बुले आफ्नै निर्देशनमा तयार पारेको ‘गल्ति…’ को म्युजिक भिडियोमा रेखा लिम्बुसंगै आफैंले अभिनय गरेका छन् । सञ्जिप राईले उक्त गीतको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन गरेका हुन् । उक्त गीतमा धुम्रपानले सम्बन्धलाई कसरी बिगार्न सक्छ भन्ने सन्देश दिन खोजेको छ । म्युजिक भिडियोमा पनि धुम्रपानको लतकै कारण सम्बन्ध बिग्रिएको यथार्थतालाई चित्रण गरिएको छ ।
केही समयअघि सार्वजनिक भएको ‘भुलाइ दियौ…’ गीतको म्युजिक भिडियोलाई भने गोविन्द राईले निर्देशन गरेका हुन् । यो गीतमा पनि गायक लिम्बुकै स्वर, शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतको भिडियोमा गायक लिम्बुसंगै कृष्टिना खड्का तथा प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन् । सन्जिप राईले उक्त भिडियो छायांकन तथा सम्पादन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: