Thu. Apr 25th, 2024

फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत रिलिज भएको छ । सुरज तामाङ र आरएर सिंहले आवाज दिएको यो गीतमा सन्तोष पोखरेको शब्द रहेको छ । भने करण राज कार्कीले संगीत भरका छन् ।
‘प्रेम दिवस’ फिल्मलाई योगश घिमिरेले निर्देशण गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन् । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने रहेका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका छन् ।
गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको अभिनय रहेको छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइएको छ । निर्माण टोलीका अनुसार फिल्ममा एक युवतीको एक गरिब र अर्का धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचारचढाव समाबेस गरिएको छ ।
प्रियंक र आयुष्मानसंगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्ममा जेठ ३१ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

Leave a Reply

%d bloggers like this: