Thu. Mar 28th, 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रदर्शनको पहिलो दिनमै फिल्मले आक्रामक ब्यापार गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिनमै २.८८ करोडको कमाइ गरेको छ । यस संगै फिल्म व्यापारिक रुपमा सफल बन्ने पाका पक्की भएको छ ।
फिल्मको ओमंग कुमारले निर्देशन गरेका हुन् । फिल्ममा विवेक ओबरायले मोदीको भूमिका निर्वाह गरेका छन् । भारतीय लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक ताका फिल्म रिलिज हुनाले फिल्मले अझै राम्रो व्यापार गर्ने निर्माण टिमको बुझाइ छ । अप्रिलमा प्रदर्शन हुने आट्टाईख़ फिल्म विपक्षको विरोधका कारण पछी सरेको थियो ।

Leave a Reply

%d bloggers like this: