Fri. Apr 19th, 2024

एक जमाना थियो जव ऐश्वर्या र विवेक ओवराय गहिरो प्रेममा थिए। तर सम्वन्धमा दरार आएपछि दुवैजना अलग भए ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् विवेक ओवरायले पनि प्रियंका अल्भासँग विवाह गरे । अहिले उनीहरु आआफ्नै गृहस्थीमा रमाइरहेका छन् । यद्यपी बलिउड मिडियामा यदाकदा यी जोडिको प्रेमचर्चा अझैपनि चल्ने गर्दछ ।
भारतमा भर्खर लोकसभाको चुनाव सकिएको छ र कुन पार्टिले जित्ला भन्ने आम अड्कल बाजी सहित बहस चलिरहेको छ ।यसैबीच विवेकले सामाजिक सञ्जालमा माहोललाई सान्दर्भिक हुने मनसायले एउटा ट्रोल सेयर गरेका छन् जसमा ऐश्वर्यालाई ब्यंग्य गरिएको छ । उनले शेयर गरेको ट्रोलमा ऐश्वर्या र सलमानको प्रेमलाई ओपिनियन पोल भनिएको छ । यस्तै, विवेक र ऐश्वर्याको प्रेमलाई इक्जिट पोल भनिएको छ भने अभिषेक बच्चन, ऐश्वर्यासँग उनीहरुको छोरीको तस्बिरमा रिजल्ट भनिएको छ ।
विवेकले यो ट्रोल शेयर गरे लगत्तै बलिउडका फ्यानहरुले उनलाई गाली गरिरहेका छन् । यसैको प्रत्युत्तरमा नायिका सोनम कपुरले लेखेकी छिन्–‘यो निकै नै घिनलाग्दो र तल्लोस्तरको छ ।’धेरैले विवेकले आफ्नी पूर्व प्रेमिका रहेकी ऐश्वयालाई राखेर बनाइएको ट्रोल शेयर गर्न नहुने तर्क राखेका छन् ।

www.news24nepal.tv

Leave a Reply

%d bloggers like this: