Sat. Apr 20th, 2024

निकै नै मधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । आमा बोलको सो गीत निकै नै मार्मिक पनि रहेको छ ।
अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने पुजना प्रधार र गायक स्वयम् आयुषको अभिनय रहेको छ ।
नेपाली छोराहरूको सपना बोकेको आमा बोलको गीत सम्पूर्ण दर्शक तथा श्रोताले मन पराई दिनुहुन्छ भन्ने लागेको बाल गायक आयुष घिमिरेले बताए ।

Leave a Reply

%d bloggers like this: