Tue. Apr 16th, 2024

आज शुक्रबारबाट फिल्म जात्रै जात्रा र बीर बिक्रम २ अल नेपाल रिलिज भएको छ । फिल्म वीर विक्रम २ बीर बिक्रम को सिरिज हो भने जात्रै जात्रा फिल्म जात्राको सिक्वेल हो । निर्देशक प्रदिप भट्टराईले सुपरहिट फिल्म ‘जात्राको सिक्वेलको रुपमा ‘जात्रै जात्रा’ निर्देशन गरेका हुन् जुन बीचमा उनले फिल्म ‘शत्रुगते’ निर्देशन गरिसकेका छन् । जात्रा र शत्रुगते जस्ता दुई हिट फिल्म दिईसकेका प्रदिप भट्टराईको जात्रै जात्रा तेश्रो फिल्म हो ।

फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक भट्टराईकै कथामा सिंगे लामा, यादव पौडेल र रविन्द्र सिंह बाँनियाले फिल्ममा लगानी गरेका हुन् । मित्र डि गुरुङको सम्पादन रहेको फिल्ममा शिव राम श्रेष्ठको छायांकन र शंकर मर्हजनको द्वन्द्ध रहेको छ ।

यस्तै फिल्म बीर विक्रम २ मा मिलन चाम्सको लगानी तथा निर्देशनमा निर्माण भएको हो । उक्त फिल्ममा प्रदिप भारद्वाजको कथा , पटकथा तथा संवाद , वनिश शाहको सम्पादन, नवराज उप्रेतीको छायाँकन, र हिमाल के.सीको द्वन्द्ध रहेको छ । फिल्ममा रंजित गजमेर, राजनराज सिवाकोटी र ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्म विर विक्रम २ मा पल शाह , वर्षा शिवाकोटी , नाजिर हुसेन, बुद्धि तामाङ्ग, देशभक्त खनाल, विनिशा भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: