Sat. Apr 20th, 2024

नेपाली चलचित्र जगतको सफल फिल्म मध्ये गनिने फिल्म “होस्टेल”को तेश्रो सिक्वेल बन्ने भएको छ । “होस्टल”को दोश्रो सिक्वेल “होस्टेल रिटर्न” रहेकोमा अब अाउने तेश्रो सिक्वेल भने ‘होस्टेल वन्स अगेन’ हुने भएको छ ।
अब निर्माण हुने होस्टेल वन्स अगेन भने काफिया फिल्मस् र दुर्गीस फिल्मस्को संयुक्त व्यानरमा निर्माण हुनेछ । यो फिल्मको छायांकन ८० प्रतिशत अमेरीका र २० प्रतिशत नेपालमा हुने बताइएको छ ।
नेपाली फिल्म जगतमा होस्टेलले एक सफल फिल्मको प्रतिष्ठा कमाएको छ । होस्टेलले  कमाएको चर्चा भन्दा पनि बढि चर्चा यसको सिक्वेल होस्टेल रिटर्नसले कमाएको थियो । त्यसैगरी अब बन्ने सिक्वेल “होस्टेल ब्याक अगेन”ले पनि चर्चा तथा लोकप्रियताको शिखर चुम्ने विश्वास गरिएको छ ।
काफिया फिल्मसको ब्यानरमा निर्मित फिल्म “लभ स्टेशन”ले पनि नेपालमा ब्यापक चर्चा तथा लोकप्रियता बटुल्दै दर्शकलाइ तानिरहेको छ ।
लभ स्टेशन पनि अबको लगभग १ महिनामा हङकङमा विशेष प्रसारण हुने निश्चित भइसकेको छ ।

Leave a Reply

%d bloggers like this: