Wed. Apr 24th, 2024

भारतीय नायक विक्की कौशल घाइते भएका छन् । एक हरर फिल्मको छायांकनका क्रममा उनी घाइते भएका हुन् । उनी भानु प्रताप सिंहको निर्देशनमा बनिरहेको फिल्ममा एक्सनको दृश्य गरिरहेका थिए । सोही समय उनको टाउकोमाथि ढोका खसेको हो ।
टाउकोमा ढोका खस्दा उनी गम्भिर घाइते भएका छन् । उनको टाउकोमा १३ वटा टाका लगाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्ममा विक्कीको साथमा नायिका भूमी पेडनेकरको मुख्य भूमिका छ । विक्की फिल्म ‘सञ्जु र उरी’ को सफततापछि बलिउडमा अहिले सर्वाधिक माग भएको कलाकारको रुपमा चिनिन्छन् ।

Leave a Reply

%d bloggers like this: