Sat. Apr 20th, 2024

अहिले नेपाली चलचित्र बजारमा सर्वत्र २२ गते चैतबाट प्रदर्शनमा अाएको चलचित्र “लभ स्टेशन”को चलिरहेको छ । चलचित्रले प्रदर्शनका लागि १ सय ४ हल सहित मल्टिप्लेक्स पाएपछि चर्चा चुलिएको हो ।

चलचित्रले नेपाली बजारमा अाक्रामक व्यापार पनि गरिरहेको छ । चलचित्रको प्रदर्शनको ३ दिनको खुद कमार्इ नै २ करोड रहेको थियो । यो अाँफैमा राम्रो सुवात हो किनभने नेपाली फिल्लार्इ प्रदर्शनका ३ दिनमा २ करोड अार्जन गर्न त्यति सजिलो छैन ।

यस फिल्ममा पनि लिलि बिलिकै सुपरहिट जोडी प्रदिप खड्का र जसिता गुरूङले धमाकेदार अभिनय गरेका छन् । हरेक दिन लोकप्रियता बढ्दै गएको फिल्म लभ स्टेशन हेर्नैपर्ने ५ कारणहरू यस्ता छन् ।

१. एैतिहासिक नेपाली फिल्म

यो फिल्म प्रदर्शनका हिसाबले एक एैतिहासिक फिल्म रहेको छ । यसले प्रदर्शनका लागि पाएको १ सय ४ हल अन्य कुनै नेपाली फिल्मले सायदै मात्र पाएका होलान् , तसर्थ यति धेरै लोकप्रीयता कमाएको फिल्म हेर्न छुटाउनु भुल हुनेछ ।

२. विदेशी भूमिमा लगभग फिल्म सुटिङ

यो फिल्म लगभग पूरा विदेशी भूमिमा सुटिङ भएको छ । दार्जिलिङ , सिक्किम तथा कालिङपोङ र भियतनाका विभिन्न स्थानमा भएका सुटिङले फिल्ममा मायाको बहारलार्इ बढावा दिएका छन् । विदेशी भ्मी नेपाली फिल्म दर्शकका लागि एउटा नयाँ स्वाद बन्न सक्नेछ ।

३. प्रदिप र जसिताको दोहोरिएको भूमिका

प्रदिप खड्का र जसिता गुरूङको अभिनय रहेको फिल्म लिलि बिलिको प्रदर्शन र लोकप्रियतापछि यो फिल्म प्रदर्शनमा अाएको हो । लिलि बिलिबाट युवा पुस्ताका ढुकढुकी बनका जोडी प्रदिप र जसितालार्इ यो फिल्ममा पनि देख्न पाउँनेछन् । प्रदिप र जसिताको जमेको अभिनय हेर्नलार्इ पनि यो फिल्म हेर्नै पर्ने हुन्छ ।

४. नेपाल , भारत हुँदै भियतनाम पुगेको लभ स्टोरी

लभ स्टेशनमा दर्शकले ३ देशसम्म फैलिएको लभ स्टोरी हेर्न पाउँनेछन् । दार्जिलिङबाट सुरू भएको प्रदिप र जसिताको लभ स्टोरी नेपालको इलाम हुँदै भियतनामसम्म पुगेको छ । यो फिल्मको “घाम जून चाहीँदैन” गीत भियतनामको सामुद्रिक दृश्यमा खिचिएको छ ।

५. मुनाफाबाट समाजसेवा

फिल्म प्रदर्शन हुनु भन्दा अगाडी नै फिल्म युनिटले फिल्म प्रदर्शनबाट अाएको मुनाफाको केही अंश समाजसेवाजन्य कार्यमा लगाउने बताएको छ । यसबाट दर्शकलार्इ के फाइदा हुन्छ भने उनीहरू मनोरञ्जनका साथै समाज सेवामा पनि अप्रत्यक्ष रूपमा लागिरहेका हुनेछन् । तसर्थ फिल्म हेर्दै समाजसेवा गर्नका लागि पनि यो फिल्म हेर्नै पर्ने हुन्छ ।

Leave a Reply

%d bloggers like this: