Sat. Apr 20th, 2024

मुंबई । बलिउडमा कुनै समय छम्मा छम्मा र रंगीला गर्लको नामले चिनिएकी नायिका उर्मिला मातोडकर आज भारतीय कांग्रेस पार्टिमा प्रवेश गर्ने भएकी छिन् । मुम्बई कांग्रेस अध्यक्ष मिलिन्द देवडाले उर्मिला मातोडकर पार्टीमा प्रवेश गर्ने खवर पुष्टि गरेका हुन् ।
कांग्रेसको सदस्यता ग्रहण गरेसँगै उर्मीलाले लोकसभा चुनावमा उत्तरी मुम्बइका वर्तमान सांसद गोपाल सेट्टीसँग प्रतिस्पर्धा गर्ने छिन् । यो एरिया बिजेपीको गढको रुपमा मानिन्छ । बिजेपीको गढ मानिएपनि उर्मिलाको अगाडी गोपालको केही नलाग्ने अहिले देखिनै आँकलन गरिएको छ ।
यसअघि २००४मा पनि कांग्रेसले उत्तरी मुम्बईको कांग्रेस सिटमा अभिनेता गोबिन्दालाई मैदानमा उतारेको थियो । जुन रणनीतिले कांग्रेसमा काम गरेको थियो र गोबिन्दाले बिजेपीका स्थापित नेता राम नाइकलाई हराएका थिए ।
अहिले पूनः कांग्रेसले २००४ कै इतिहास दोहोर्याउन चाहेको राजनीतिज्ञहरुले अनुमान गरेका छन् ।

Leave a Reply

%d bloggers like this: