Fri. Mar 29th, 2024

२ चैत्र , काठमाडाैँ – काठाडाैँको खुशिबुमा रहेको ब्राइट फिल्ड एजुकेशन एकेडेमीमा  लोकप्रिय नायक प्रदिप खड्का र नायिका जसिता गुरूङ दर्शकमाझ उपस्थित भएका छन् । उनीहरू अागामी चैत्र २२ गतेबाट देशभर प्रदर्शनमा अाउने चलचित्र ” लभ स्टेशन “को प्रमोशनका लागि त्यहाँ पुगेका हुन् । सो स्कुलमा प्रदिप र जसिता सहित निर्माता गोविन्द शाहीलार्इ पनि स्कुलले सम्मान गरेको थियो ।

निर्माता गोविन्द शाहीको फिल्म ” लिलि बिलि “बाट हिट भएको प्रदिप र जसिताका फ्यानहरू नेपाल लगायत अन्य मुलुकमा पनि प्रशस्त रहेका छन् ।

भर्खरै युट्युबमा ट्रेलर र गीत सार्वजनिक गरेको यो फिल्म अहिले प्रमोशनमा व्यस्त रहेको । फिल्म प्रमोशन मात्र नभएर यो फिल्म युनिटले करेन्ट लागेर दुबै हात गुमाएकी सन्ध्या घिमिरेलार्इ अार्थिक सहायता प्रदान गर्दै सामाजिक उत्तरदायित्वको कदम पनि अगाडि बढाइसकेको छ ।

Leave a Reply

%d bloggers like this: