Thu. Mar 28th, 2024

जेरी’ फेम्ड अभिनेत्री आना शर्मा स्टारर फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ अाजबाट देशभर रिलिज भएको छ । नेपालमा निर्मित यो पहिलो अंग्रेजी फिल्म हो ।
अमेरिका र नेपालमा खिचिएको फिल्मको ट्रेलरमा अभिनेत्री आनाले बोल्ड सिन दिएकी छन् । तर, यसलाई विशेष ‘स्पेश’ भने दिइएको छैन ।
यस्तै, थिम पोतिएको पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिन यस फिल्मका निर्माता हुन् ।
नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको निर्माताको कथन छ । पेमा धोन्डुप निर्देशक हुन् । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।
निर्देशक धोन्डुपले भने, ‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने ।
फिल्ममा आनासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

Leave a Reply

%d bloggers like this: