Sat. Apr 20th, 2024

सार्वजनिक गरिएको चलचित्र ‘लभ स्टेसन’ को पहिलो गीतले व्यापक सफलता प्राप्त गर्न सफल भएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई देखाइएको छ । सार्वजनिक भएको दोस्रो दिनमै यस गीतले युट्युबमा ५ लाख भन्दा बढि भ्युज पाउन सफल भएको थियो  ।
गीतमा सिंगारिएका प्रदीप र जसिताको जोडीलाई दर्शकले अति रुचाएका छन् । यो भन्दा अगाडी प्रदीप र जसिताकै फिल्म लिलिबिलि पनि सुपरहिट भएको थियो । सोहि सुपरहिट जोडिलार्इ यस पटक पनि धेरै माया गर्ने विश्वास निर्माता गोविन्द शाहीले लिएका छन् ।
चैत २२ मा देशभर प्रदर्शन हुने चलचित्र लभ स्टेसनमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय छ ।
फिल्मका निर्माता गोविन्द शाहीले फिल्म नेपाल बाहिरका छिमेकी क्षेत्र दार्जिलिङ लगायतका स्थानमा फिल्मको सुटिङ गरिएकाले यो दर्शकका लागि नाैलो विषय हुनेछ । नेपाल बाहिरका स्थानमा भएको सुटिङबारे गोविन्द शाहीले भने, ” नेपालमै निर्माण भएका फिल्म हेरेर केहि दिक्दार महसुश गरेका दर्शकलार्इ केही नयाँ फिल्मी स्वाद दिने प्रयत्न हामीले गरेका छाैँ । यसले पक्कै पनि दर्शकको मनलार्इ छुनेछ। ”
काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई गोविन्द शाही निर्माण गरेका हुन् भने चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: