Thu. Apr 18th, 2024

काठमाडाैं ।
प्रदर्शनमा अाउने तयारीमा रहेको फिल्म ” लभ स्टेशन “को गीत “घाम जुन नै चाहिँदैन”को रिलिज मिति तय भएको छ । फिल्मका निर्माता गोविन्द शाहीले जनाए अनुसार यो गित प्रेमिल जोडिहरूको विशेष दिन फरबरी २ अर्थात् भ्यालेन्टाइन डेमा यो गीत  यु ट्युबमा रिलिज हुने भएको हो ।
 
फिल्मका निर्माता गोविन्द शाहीले नेपाली प्रेमील जोडीहरूका लागि यो गीत भ्यालेन्टाइन डेको उपहार स्वरूप पस्कन लागेको बताएका छन् ।
गीत रिलिज बारे फेसबुकमा जानकारी दिँदै निर्मता शाहीले लेखेका छन् , ” यो प्रेम दिबसको अबसरमा काफिया फिल्मको प्रस्तुती रहेको चलचित्र “लभ स्टेशन “ को घाम जून चाहिँदैन बोलको प्रेमिल गीत आगामी फाल्गुन – २ गते / FEB -14 मा YouTube release हुदैछ । सबैलाई प्रेम दिबसको शुभ-कामना । ”
फिल्म ‘लभ स्टेशन’ को आगामी चैत २२ गतेबाट वर्ल्ड वाइड रिलिज हुँदैछ । लिली बिलीको जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित यस फिल्मको “घाम जुन नै चाहिँदैन…” बोलको गीत भियतनाममा खिचिएर भर्खरै फिल्म युनिट नेपाल फर्किएको छ । फिल्ममा प्रदिप खड्का र जसिता गुरुङको अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
उज्जवल घिमिरेको निर्देशन रहेका यस फिल्म काफिया फिल्म्स्को व्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता गोविन्द शाही हुन् । फिल्मलाई काफिया शाही र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्मको गीतमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।

Leave a Reply

%d bloggers like this: