Thu. Apr 18th, 2024

फागुन १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘क्याप्टेन’ को मोफसल प्रचारका लागी अनमोल केसी नेपालगन्ज पुगेका छन् । नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोल सहित क्याप्टेन निर्माण टिम पुगेको हो । अभिनेता केसीलाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यावस्थाका साथ अनमोललाई मञ्चमा उकालिएको थियो ।
महोत्सवमा अभिनेता केसी आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो ।
योसँगै दर्शकमाझ उनले क्याप्टेनको हिट गीत रहर छ सँगै बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए । भने फिल्मको ट्रेलरमा समावेश केही डाइलग बोलेर दर्शकलाई सुनाए । पहिलो पटक नेपालगन्ज पुगेका अनमोल दर्शकमाझ अमृत सरह भए । महोत्सवमा उपस्थीत दर्शकले थोरै समय भएपनि अनमोललाई हेर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहको प्रस्तुती रहने छ ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: