Fri. Mar 29th, 2024

सैयौं सफल म्युजिक भिडियो सम्पादन तथा निर्देशन गरेका निसान घिमिरे ‘कस्यप’को निर्देशनमा नयाँ नेपाली फिल्म ‘परी’ बन्ने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्मको औपचारिक घोषणा गरिएको हो ।
फिल्ममा कलाकार बिपिन कार्की, शृष्टि खड्का फाइनल भैसकेका छन् भने अन्य कलाकार को को रहने भन्ने खुलाइएको छैन । फिल्मलाई रुपेश मान अमात्यले निर्माण गर्न लागेका हुन् । आगामी वैशाख देखी फ्लोरमा जाने फिल्म बर्ष ७६को मध्य तिर प्रदर्शनमा ल्याउने तयारी रहेको फिल्मको औपचारिक घोषणा कार्यक्रममा जानकारी दिइयो ।
पछिल्लो केही समय यता भिडियो निर्देशनमा समेत अब्बल ठहरिएका कस्यपका प्रत्येक भिडियो फरक कन्सेप्टमा निर्माण भएका हुन्छन् । यहि सफलता र हालसम्मको अनुभवलाई ध्यानमा राख्दै उनी फिल्म निर्देशन तर्फ होमिएका हुन् ।

Leave a Reply

%d bloggers like this: