Fri. Apr 19th, 2024

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोक कोइरालाले ‘भ्यालेन्टाइन डे’को दिनमा विवाह गर्ने भएका छन् । वर्षाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको कार्ड पोष्ट गर्दै यो कुराको जानकारी दिएकी हुन् ।
नायिका राउतले आज साेमबार विवाहको निमन्त्रणा कार्ड सार्वजनिक गर्दै आशीर्वाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको कार्डमा भ्यालेन्टाइन डे (फेब्रुअरी १४) मा विवाहको मिति तय भएको उल्लेख छ ।
उक्त कार्डमा आफूहरूप्रति माया र आशीर्वाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । कार्डमा लेखिएको छ–‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दछौ ।’
नेपाली पात्रो अनुसार वर्षा र संजोगको विवाह फागुन २ गते पर्न आउँछ । वर्षा र संजोग बिहेको सपिङको लागि यति बेला मुम्बई पुगेका छन् ।
नेपाली चलचित्र अभिनेत्री राउत र अभिनेता कोइरालाबीच लामो समयदेखि नै प्रेम सम्बन्धको बारेमा चर्चा चल्दै आएको थियो । तर उनीहरूले विवाहको गर्ने कुनै टुङ्गो नभएको बताउँदै आएका थिए ।

Leave a Reply

%d bloggers like this: