Thu. Apr 18th, 2024

पौष २० गते शुक्रवारबाट दुई नेपाली फिल्म ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ प्रदर्शनमा आएका छन् । ३० लाख भन्दा कम लागतमा निर्माण गरिएको भनिएको फिल्म जय श्री दाम कमेडी जनरामा निर्माण भएको हो भने जे सुकै होस् प्रेम कथामा आधारित फिल्म हो । यस फिल्ममा ड्रग एडिक्ट महिलाको भूमिकामा नायिका चन्दा दाहाल प्रस्तुत भएकी छिन् ।
जय श्री दाममा अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, जेविका कार्की, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ भने फिल्म जे सुकै होसमा उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामांग, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, इश्वर फुयाल, कृष्ण भट्टराई, उद्धव तिमिल्सिना, सुनिल कटवाल, राजु श्रेष्ठ लगायतको अभिनय रहेको छ । नवराज जंग थापा ‘जंगे’ को निर्माण रहेको जे सुकै होसलाई निर्देशन उमेश गुरुङले गरेका हुन् । फिल्ममा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा, डी आर अटुको संगीत रहेको छ । उमेश गुरुङको कोरियोग्राफी रहेको फिल्मको सम्पादन बनिश शाह र सालिक दुलालले गरेका हुन् ।
यता फिल्म जय श्री दाम ‘मङ्की टेम्पल प्रोडक्सन’, ‘क्रेजी ह्याण्डस् प्रोडक्सन’ र ‘नेशनल मिडिया प्रोडक्सन’ले संयुक्त रुपमा निर्माण गरेका हुन् । विप्लव उप्रेतीले निर्देशन गरेको फिल्ममा कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह निर्मातामा मित्र डी गुरुङ र रविन आचार्य हुन् । निर्देशक उप्रेतीसँगै अमरदिप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’मा नवराज उप्रेतीको छायाङ्कन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

Leave a Reply

%d bloggers like this: