Thu. Mar 28th, 2024

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०१८ मो अवसरमा गीतकार ज्ञानु राजबंशीले ‘मै हुँ ढाका टोपी’ गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको गीतमा गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको छ ।
गीतमा अमुल कार्कीको एरेन्जमेन्ट रहेको छ । गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’ गीती एल्बममा समाबेश गरिएको गीत ‘मै हु ढाका टोपी’ को म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाल आफैले अभिनय गरेका छन् ।
भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । युवराज वाइबाको निर्देशनमा बनेको यो भिडियोलाई ‘ए वान इन्टरटेन्टमेन्ट’ले बजारमा ल्याएको हो । बि.स. २०२८ सालमा बिर्तामोड नगरपालिका २ चारपाने, झापामा जन्मिएका गीतकार ज्ञानु राजबंशीको यस ‘मेरो प्यारो नेपाल’ भन्दा अगाडि राजबंशी भाषामा क्रमशः ‘प्रेमेर बाउधिया’ र ‘साली टर मुइ रसिया’ दुई वटा गीती एल्बम ल्याइसकेका थिए ।
उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन् । ‘मेरो प्यारो नेपाल’ एल्बम मा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टै निर्माण गरिने गीतकार राजबंशी जानकारी गराए ।

Leave a Reply

%d bloggers like this: